काठमाडौँ । ‘खजुरीको नेपाल प्रा.लि.’ द्वारा उत्पादित ‘पफ’ गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा नमुना परिक्षण गर्दा उक्त ‘पफ’ गुणस्तरहीन पाइएको हो । विभागले खजुरीको नेपाल प्रालीद्धारा उत्पादित सबै ‘पफ’ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागका अनुसार,बजार अनुगमनका क्रममा संकलन गरिएको नमूनाको प्रयोगशालामा परीक्षण गर्दा निर्धारित औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशत भन्दा बढी फेला परेको जनाएको छ । फिर्ता गरिनुपर्ने खाद्य पदार्थमा विक्री वितरण नगर्न पनि विभागले स्पष्ट निर्देशन दिएको छ ।
उपभोक्ताहरूलाई सचेत रहन र उक्त व्याचका खाद्य पदार्थ प्रयोग नगर्न आग्रह गरिएको छ । फिर्ता गरिनुपर्ने खाद्य पदार्थमा ‘पफ’ दुई व्याच समावेश छन् । बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू बजारबाट तुरुन्त फिर्ता लैजान आदेश दिइएको छ ।
प्रतिक्रिया