(Sunday , 19 April,2026)

चालु आवको तीन महिनामा साढे २ खर्ब राजस्व उठ्याे

mountainejournal.com

mountainejournal.com

राजस्व संकलनमा कमी 
काठमाडौँ । राजस्व संकलनमा कमी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको असोज ३१ सम्मको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१÷८२ भन्दा चालु आर्थिक वर्ष २०८२÷८३ मा १ अर्ब ४१ करोड रुपैयाँले राजस्व संकलनमा कमी आएको हो । गत आर्थिक वर्ष सरकारले वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब लिएको थियो । जसमध्ये असोजमसान्तसम्म गत वर्ष राजस्व संकलन २ खर्ब ५० अर्ब ४६ करोड रुपैयाँ भएको थियो । चालु आवमा सरकारले राजस्व संकलन गर्ने वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब लिएको छ । 

जसमा असोज ३१ सम्म २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो वार्षिक लक्ष्यको १६.८३ प्रतिशत हो । गत वर्ष सोही अवधिमा सरकारले वार्षिक लक्ष्यको १७.६५ प्रतिशत राजस्व संकलन गरेको थियो ।  
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ नाका बाढीले अवरोध हुँदा राजस्वमा केही कमी देखिएको हो । मन्त्रालयले राजस्व चुवाट नियन्त्रण विशेष जोड दिइरहेकाले राजस्व संकलन सुधार उन्मुख नै रहेको छ ।   
असोजसम्ममा ३ खर्ब २१ अर्ब ५३ करोड  रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको ७८.१२ प्रतिशत राजस्व संकलन भएको छ । प्रवक्ता पाण्डेयले भने,‘ अहिले सामान्य कमी देखिए पनि सुधार उन्मुख नै छ । असोज महिनाको लक्ष्य १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ संकलन गर्ने थियो । जसमध्ये ९२ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको ८९.७१ प्रतिशत हो । कमी आएको छ तर, नकारात्मक छैन । थप सुधारको लागि अर्थ मन्त्रालयले काम गरी रहेको उनले जानकारी दिए । गत वर्ष असोजसम्मको लक्ष्य ३ खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ थियो । संकलन २ खर्ब ५३ अर्ब १ करोड भएको थियो । यस्तै असोज महिनाको  ८३ अर्ब ५० करोड रुपैयाँ थियो । गत वर्षको महिनाको मात्र राजस्व संकलनको अवस्था गर्दा यस वर्ष बढी संकलन भएको छ ।

यो गत भदौ २३ र २४ गते जेनजी आन्दोलनले भदौ २५ सम्म अन्तःशुल्क, आयकर, मूल्य अभिवृद्धि कर संकलन नभएको असोजमा हुँदा बढी देखिएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट कार्यान्वय गरि रहेको छ । नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्ममा चाल तर्फको शीर्षकका लागि विनियोजन गरेको वार्षिक बजेटको २१.७५ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको छ । 

यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजन गरेको बजेटको  ४.७ प्रतिशत अर्थात् १ खर्ब १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै वित्तीय व्यवस्था शीर्षकमा २३.६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड बराबर खर्च भएको छ । यसैगरी ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म २ अर्ब ७२ लाख प्राप्ति भएको छ । यो वार्षिक लक्ष्यको ३.७६ प्रतिशत हो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal