(Thursday , 16 July,2026)

भारतबाट ल्याएको ५ हजार किलो बढी मास र मसुरो फिर्ता

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, धनगढीले भारतबाट ल्याएको मासको र मसुरोको दाल फर्ता पठाएको छ ।  न्यू श्री बेटल ट्रेडर्स, कन्चनपुर, भिमदत्तले भारतबाट आयात गरेको धनगढी भन्सार नाकामा दालको गुणस्तर परिक्षण गर्दा दालमा रंगलगाएको पाइएपछि ५ हजार १७० किलो मास र मसुरोको दाल फिर्ता गरेको विभागले जनाएको छ । 

विभागका अनुसार  न्यू श्री बेटल ट्रेडर्स, कन्चनपुर, भिमदत्तले भारतबाट २ हजार ९२० किलो र  मसुरोको दाल र  २ हजार २५० किलो मासको दालमा रंग लगाएको पाइएको हो । खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, धनगढीले परिक्षण गर्दा मसुरोको दालमा किराले क्षतिपुर्याएको दानाको मात्रा मापदण्डमा तोकिए भन्दा बढी पाईएको थियो ।

यस्तै मासको दालमा बाह्य रंगको उपस्थिति पाईएकोले दुबै दाल आयात गर्न नमिल्ने भनि धनगढी भन्सार कार्यालयलाई प्रतिवेदन पठाइएको विभागले जानकारी दिएको छ ।  खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्न अनिवार्य रुपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनु पर्छ । 
उपदफा (२) बमोजिम पैठारीका लागि स्वीकृति प्राप्त गरी प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुहुन खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण  खाद्य व्यवसायीलाई जानकारी गराईन्छ ।  सो बमोजिम नगरेको पाएएमा ऐन बमोजिम कारवाही हुने व्यवस्था छ । 

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal