विश्व खाद्य स्वच्छता दिवस २०८२
काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले “खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता” भन्ने नारासहित १७औं राष्ट्रिय तथा ७औं विश्व खाद्य स्वच्छता दिवस, २०८२ सुरु भएको छ । दिवसको सन्दर्भमा विभागले जेठ १८ देखि २४ गतेसम्म देशभर सप्ताहव्यापी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
सन् २०१८ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ७ तारिखमा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि सो दिनलाई विशेष महत्वका साथ मनाउँदै आएको छ । WHO अनुसार, विश्वभर प्रत्येक वर्ष ५५ करोड मानिस दूषित खाद्यबाट बिरामी पर्नुका साथै ४ लाख २० हजारको मृत्यु हुने तथ्याङ्क छ। नेपालमा पनि विषादी मिसिएका फलफूल, ढुसीयुक्त अन्न, र एन्टिबायोटिक अंशयुक्त मासुजन्य पदार्थबाट स्वास्थ्यमा प्रतिकूल असर परिरहेको विभागको भनाइ छ ।
संविधानले सुनिश्चित गरेको खाद्य अधिकार कार्यान्वयन गर्न संघीय संसदले हालै पारित गरेको “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” मार्फत खाद्यको वैज्ञानिक नियमन सुनिश्चित गरिएको विभागले जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रमहरूमा समावेश गतिविधि:
-ब्यानर, पोस्टर, सचेतनामूलक सन्देश प्रसारण (टीभी, एफएम, डिजिटल मिडिया)
-पत्रकार भेटघाट, विभागीय परिसर सरसफाइ
-विद्यालय र विश्वविद्यालयमा सचेतना कार्यक्रम र वक्तृत्व प्रतियोगिता
-मोबाइल फुड ल्याब परिचालन गरी होटल, रेष्टुराँ, दूध, पानी र तरकारीको परीक्षण
-खेलकुद प्रतियोगिता (क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस)
-नीतिगत अन्तरक्रिया, Hackathon, खाद्य
समितिको बैठक ७ जुन बिहान प्रभातफेरी र दिउँसो मूल समारोह सरकार, निजी क्षेत्र, उपभोक्ता समूह, सञ्चार माध्यम र सरोकारवाला सबैको सहकार्यबिना खाद्य स्वच्छता सम्भव नहुने भन्दै विभागले सबैलाई सहभागी हुन आग्रह गरेको छ ।
प्रतिक्रिया