(Friday , 17 April,2026)

नयाँ नोटमा गभर्नर पौडेलको हस्ताक्षर

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । अब छपाई हुने नयाँ नोटमा उनले हस्ताक्षर गर्ने छन् । 

जसमा पौडेलले यस्तो हस्ताक्षर गर्नेछन् । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal