(Sunday , 31 May,2026)

सरकारको एक वर्ष प्रधानमन्त्रीको सम्बोधन : पुर्णपाठ

कार्यक्षमता प्रमाणित गर्न नसके ठाउँ ओगटिर नबस्ने

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने ठाउँ ओगटिर नबस्ने बताएका छन् । प्रधानमन्त्रीको भएको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यहि सातामा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन हुने जानकारी दिएका छन् । उनले यो सिङ्गो राज्यका लागि  एउटा संकेत र सन्देश हुने बताए ।  यसैगरी प्रधानमन्त्री दाहालले असफल हुने छूट छैन ।

राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने,‘ कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ ।  कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यसैगरी उनले सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम हुन नसकेको जानकारी गराए । 

सम्बोधनमा उनले भने, ‘म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु ।  देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु । अब सरकारको कार्यशैली बदलिनेछ । केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु ।  

सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ ।’ प्रधामन्त्री दाहालले पूर्वाधार विकासमा जताततै समस्या देखिएको कार्यतालिका र समयतालिका नै बनाएर र सबै सरोकारवालालाई एक ठाउँमा राखेर समग्र पूर्वाधार विकासका कानुनी, नीतिगत र प्रक्रियागत जटिलताको दीर्घकालीन  हल हुने जानकारी दिए यसैगरी उनले एकले अर्कोलाई देखाएर देशको विकास अवरुद्ध गर्ने प्रवृत्ति अन्त्य गर्ने बताए । प्रधानमन्त्री दाहालले जनताका नाममा सम्बोधन गर्दै पूर्वाधार विकासलाई आवश्यक परे संकटकाल नै घोषणा गरेर भएपनि उच्च प्राथमिकता दिने बताए ।  

यसैगरी उनले यस वर्ष ७७६.६१ किलोमिटर कालोपत्रे सडक निर्माण र ५८७.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको जानकारी दिए ।  उनले यसै अवधिमा १८१.२९ किलोमिटर नयाँ ट्रयाक खोलिएको बताए । प्रधानमन्त्री दाहालले थप १ लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभ ग्राहीलाई उपलब्ध गराइएको छ जानकारी दिए । 

एक वर्षको कार्यकाललाई सफल  नभएको स्वीकार गर्दै दाहालले भने,‘ आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन ।  नारायणगढ–बुटवल खण्ड वा मुग्लिन–पोखरा खण्डकै उदाहरण लिउँ, जनताले बाटो भत्केको व्याख्या गरिरहेको छ जबकि बाटो त बनिरहेको छ । समयमा आयोजनाहरू पूरा नहुँदा यस्तो नकारात्मक भाष्यमात्र बनेको छैन, लागत बढेको छ, जनताले ठूलो सास्ती खेप्नुपरेको छ ।

अब पूर्वाधारमा कम्तिमा दुई सिफ्टको प्रत्याभूति हुने र सकेसम्म “ब्यारेक मोडल”मा लैजाने गरी मैले नीतिगत र व्यवहारिक छलफल गरिरहेको छु ।‘८० को दशक तीव्र विकासको दशक’ भन्ने संकल्पसँगै पूर्वाधारमा देशले नयाँ ढङ्गले फड्को मार्नेपर्छ । ’  राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने,‘ सरकार गठनसँगै मेरो प्रतिबद्धता थियो, म सार्वभौम संसद र जनताबीच केवल भाषण र आश्वासन होइन, रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु ।

आज नागरिकसामु प्रत्यक्ष रूपमै वार्षिक रिपोर्ट पेस गर्दैगर्दा म प्रतिरक्षात्मक छैन किनकि समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन् ।’ एक वर्षअघि जम्मा तीन महिनाको आयात धान्नसक्ने सामर्थयसहित दिवालिया बन्ने त्रासमा बाँचेको देशसँग अहिले विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च दावी प्रधानमन्त्री दाहालले गरे । असारदेखिको चार महिनाकै अवधिमा यस्तो सञ्चिति १५७ अर्ब रूपैयाले उनले बताए । उनले सधैं घाटामा रहने सार्वजनिक संस्थान आप्mनो नेतृत्व पछि नाफामा जान थालेको दावी गरे ।

उनले नेपाल वायुसेवा निगमको तिनुपर्ने दायित्व कम हुँदै गएको बताए । अर्थतन्त्रका चारै क्षेत्रमा अहिले आशाजनक वातावरण बनेको दावी गरे । २ अङ्कको आर्थिक वृद्धिको लक्ष्य नराखी, अनि त्यसका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधारका साथै बहुपक्षीय तयारी नगरी देशको तीव्र विकास सम्भव नभएको उनले बताए । 

अब सरकारले गर्ने कार्य 
१. कृषि क्षेत्रमा लगानी दशक (वि.सं. २०८१–२०९१) नै घोषणा गर्ने सरकारको तयारी । 
२. निजामती सेवा कानुन र सार्वजनिक खरिद कानुन संसदको आगामी हिउँदे अधिवेशनबाट पारित गरी कार्यान्वयनमा लगिने  
३. १७ हजार हेक्टरमा चैते धान खेती प्रवर्द्धन गर्ने सरकारको तयारी 
४ कृषि उत्पादनको प्रमुख आधार सिंचाइको विस्तार गर्न समग्र तराई क्षेत्र सिञ्चित हुने गरी नहर प्रणाली विकास गर्ने कार्य सुरु गर्ने ।   
५. यही एक साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन 
६ ८० को दशक तीव्र विकासको दशक’
७  आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र आमनागरिकको समेत पर्याप्त सुझाव लिने गरी बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै पेश
८. आगामी वैशाखमा लगानी सम्मेलन
९ १७ करोड लिटर पानी २८ दिनको कम्प्याक्ट योजनासहित आउने  
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal