(Thursday , 14 May,2026)

उद्योग महासंघ ३४ औं वर्षमा

साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्न महासंघको आवश्यकता

संवाददाता

संवाददाता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुधबारदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन सके अर्थतन्त्र समृद्घ हुने सरोकारवालाहरुले बताएका छन् ।

उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताएका हुन् । नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीहरुले आवश्यकता महसुस गरेर २०४७ सालमा महासंघ स्थापना गरिएको बताए । 

साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासंघको आवश्यकता परेको भन्दै उनले अबका दिनमा महासंघले आफ्नो स्वरुपलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै भएको ।  ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीय स्तरमा पनि छ तर लघु, घरेलु तथा साना उद्योगीहरु समक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय निकायमा हुनेहरु क्रियाशील बनौं ।’

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज सात वटै प्रदेश, ७७ वटै जिल्ला र ३४१ वटा पालिकामा पुगेको बताए । सरकारको २६ वटा समितिमा महासंघ पुगेको उनले बताए । उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उनले अहिले छ लाखको हाराहारीमा रहेका लघु, घरेलु तथा साना उद्योगीहरुलाई सरकारले मान्यता दिएर ती उद्योगीहरुको प्रतिनिधिमूलक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघलाई हरेक समितिमा राखेको भन्दै उनले भने ।

ती समितिहरुमा साना उद्योगीहरुको समस्या र आइपरेका समाधानका उपायहरु अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।’
महासंघका पूर्व अध्यक्ष सुरेश प्रधानले ३३ वर्षसम्म धेरै आरोहअवरोह पार गरेको स्मरण गर्दै स्थानीय स्रोत साधनमा आधारीत उद्योग व्यवसायको प्रवद्र्घनबाट मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताए । महासंघको ३४ औं वार्षिकोत्सवमा केन्द्रका साथै प्रदेशस्तरमा, जिल्लास्तरमा र पालिका स्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइएको थियो ।

 यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष वासु गिरी, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेल, उपाध्यक्षहरु हरिहर थापा, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डेलगायतले आफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै महासंघका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय महिला उद्यमी समितिका पदाधिकारी तथा सदस्य, उपत्यकाका जिल्ला अध्यक्ष, जिल्ला महिला उद्यमी समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal