(Friday , 01 May,2026)

कलम नरोकौं

mountainejournal.com

mountainejournal.com

अराजकतालाई खबरदारी यदि कसैले गर्छ त त्यो पे्रसले मात्रै । त्यो पनि जम्मा कलमले । पत्रकारिताको मूल धर्म भनेकै छिपेका, सतहमा नआएका, दमित आवाजहरुलाई उकास्नु हो । पर्दा पछाडि, टेबलमुनिको कुकृत्यलाई उजागर गर्ने पुनित कामका लागि पत्रकारिता चिनिन्छ । त्यसैले त पत्रकारितालाई समाजको ऐना भनिएको हो । मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने । कसैको निजी जीवनबारे प्रकाशन÷ प्रसारण गर्न नपाइने, भन्ने संहिता मुलुकमा आएको छ ।

 एक सय पैसट्ठी बर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गरी नयाँ संहिता (ऐन) लागू भएको हो । नयाँ कानुनले कति कुरामा हौसाएको होला । कतिपयमा भने बेतुक र बेथिति बढाउने देखिएको छ । बेथिति देख्दा देख्दै कसुरदारको मञ्जुरी लिएर मात्रै खबर प्रसारण÷प्रकाशन गर्न सम्भव होला ? राज्यको चौथो अङ्गका रुपमा प्रेसलाई लिइएको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका कमि कमजोरी औलाउने र खराबी नहोस् सचेत गराउने भुमिकामा प्रेस रहेको हुन्छ । साङ्गोला बाधिएर प्रसेले आफ्नो धर्म कसरी निवार्ह गरोस् ?

 पत्रकारिताका नाममा कतिपय सञ्चार माध्याम र सञ्चारकर्मीहरुले यो पेशाकै नाक गिराएका पनि छन् । निहित फाइदाका लागि जालझेलकारिता गरेर । केहि सीमित ब्यक्ति, समुहले गलत ग¥यो भन्दैमा पूरै प्रेसमै खराबी देख्नु जायज होइन । प्रजातन्त्र देखि संघिय गणतन्त्र ल्याउनमा पत्रकारिताको देन अतुलनिय छ । यो लोकतन्त्रको सारथी भएरै आएको हो । जनताले सहि–गलतको यथार्थता छ्याङ्ग देख्न पाउने आधारशीला पत्रकारितामा मात्रै हुन्छ । अहिलेको कानुन हेर्ने हो भने प्रेसको घाँटी थिची सास फेर्न लगाइएको जस्तो देखिन्छ । 

स्वतन्त्र पत्रकारिताले तरवारको दुई धारको काम गर्नु पर्ने । छोए काटिहाल्ने । बेथिति काट्ने पत्रकारिता भुत्ते भैदिदा देश कता जाला भन्न परोइन । अनुसन्धानात्मक खोज पत्रकारिता सुषुप्त तरिकाले प्रविधिकै सहयोगमा हुने गर्छ । विकृति, विसंगतीको भण्डाफोर नगर्ने हो भने त्यान्द्रे, मुन्द्रेदेखि जतना चुस्न पल्केका ब्वाँसाहरुको छाति कति उचो बन्ला ? आज भ्रष्ट आचारमै फौडि खेलिरहेकाहरु प्रफुल्लीत बन्ने अवस्थाले भोलीको जर्जर स्थीतिको कल्पना सम्म गर्न सकिदैन । कलम रोक्ने प्रयास हामी केका लागि गर्दैछौं ? पूर्ण प्रेस स्वतन्त्रता देश विकासको कडि हो । यहि कडि निमोठिदा निमुखाको सेतु पनि संगै भाचिने छ । आशा सुक्नेछ । 

सार्वजनिक सरोकार र सार्वजनिक व्यक्तिका आचार प्रेसबाट टाढा राखिदा मनमैजु चल्ने र त्यस्ता व्यक्ति मैमत्त बन्नेछन् । उसै जनतालाई दुखदिन पल्केकाहरु छाडा साढेंझै नहोलान् भन्न सकन्नि । मिहिन महेनत गर्दा जेल जानु पर्ने कानुनले कस्तो उपलब्धिको अपेक्षा गर्ने ?
प्रेसको विशेषता भनेको गोपनियताको रक्षा तथा सम्मान गर्नु हो । के गोपनियताको सम्मान गर्ने नाममा अराजकोतोन्मूख समाज निर्माण गर्ने ? विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्नाले संविधानकै बर्खिलाप भएन र ? 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal