(Thursday , 05 March,2026)

राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएसँगै शीतल निवासमा पौडेलले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्नुअघि राष्ट्रपति पौडेलले लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal