(Sunday , 16 August,2026)

हुलाकमार्फत् १० हजार नागरिकले पाए घरदैलोमै सेवा

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पु¥याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो ।

नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो निर्णयबाट कार्यान्वयनमा ल्याइएको ‘शासकीय सुधारसम्बन्धी १ सय कार्यसूची’ तथा सूचना तथा सञ्चार मन्त्रालयको कार्यक्षेत्रअन्तर्गतका प्रमुख १० कार्यमध्ये हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्यअनुसार हालसम्म उल्लेखनीय प्रगति भएको हुलाक सेवा विभागले जनाएको छ ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार हालसम्म हुम्लाबाहेक अरु सबै जिल्लामा सरकारी कागजात घरमै पुर्याउने सरकारको योजना लागु भइसकेको छ । हुम्लामा पनि कार्यान्वयनको अन्तिम तयारी भइरहेको उनले बताइन् ।  सरकारी सेवा नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गर्दै राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात र सामग्री घरघरमै पुर्याउने व्यवस्था सफल रुपमा कार्यान्वयन भइरहेको महानिर्देशक पंगेनीले जानकारी दिइन् । 

हुलाक सेवा विभागका अनुसार २०८३ साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत् ढुवानी गरिएको छ । तीमध्ये आठ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरदैलोमै पु¥याएर वितरण गरिएको छ । त्यसैगरी, सवारी चालक अनुमतिपत्रतर्फ यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान अनुमतिपत्र सातै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत् पुर्याइएको छ । तीमध्ये एक हजार ९९ थान अनुमतिपत्र सेवाग्राहीको घरदैलोमै पु¥याइएको विभागले जनाएको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal