(Monday , 15 June,2026)

नेफ्स्कुनद्धारा कुँवर पुरस्कृत

mountainejournal.com

mountainejournal.com

कास–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार कौशिला कुँवरलाई प्रदान गरिएको छ । नेफ्स्कुनको ३८औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित औपचारिक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

एक दशक बन्दा बढी समयदेखि आर्थिक, सहकारी तथा विविध आर्थिक क्षेत्रमा  कुँवरले कलम चलाउँदै आएकी छिन् । सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको ठहर गर्दै कुँवरलाई नगद दश हजार रुपैयाँ सहित पुरस्कार प्रदान गरिएको हो । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal