(Thursday , 16 April,2026)

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच समझदारीपत्रमा हस्ताक्षर

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि पहल गरिने विज्ञप्तिमा उल्लेख छ ।


यस साझेदारीले वकालत, लगानी, नेटवर्किङ र संयुक्त पहलहरूमार्फत आईटी उद्योगको विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । सम्झौताको मुख्य लक्ष्य नेपालको आईटी उद्योगमा दिगो र सहयोगात्मक इकोसिस्टमलाई बढावा दिनु रहेको विज्ञप्तिमा भनिएको छ ।

दुवै संस्थाले नेपाल सरकारसँग रचनात्मक नीतिगत संवादमा संलग्न भई नेपालको डिजिटल रूपान्तरणलाई बढावा दिन संयुक्त आईटी नीति सिफारिस गर्नुका साथै नीति-नियम र डिजिटल ढाँचाहरू पेस गर्नेछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal