काठमाडौँ । सुनचाँदीको मूल्य केही घटेको छ । मंगलबार सुन प्रतितोला एक हजार ४ सय र चाँदी ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार ३ सय कायम भएको छ भने चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यस्तै, मंगलबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया