(Thursday , 16 April,2026)

भोलीबाट भक्तपुरको राधेराधेमा फिस टनेल एक्स्पो सुरु हुने

mountainejournal.com

mountainejournal.com

भक्तपुर । भक्तपुरमा भोली शुक्रबारबाट फिस टनेल एक्स्पो २०८२’ हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२ हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसंगै यो जेठ ३० गतेबाट सुरु भएर एक्स्पो २०८२ साउन १० गतेसम्म संचालनन हुनेछ ।

‘फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो । सामुन्द्रिक सुनामी कै अनुभूति हुनेगरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ । एक्स्पोमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिनेछ ।

उक्त स्थानको मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको अध्यक्ष महतले जानकारी दिए । एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal