काठमाडौं । रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो चढ्दै गएको सुनको मूल्य पछिल्लो समय हत्तै तल झरेको छ । इजरायल–हमास युद्धका कारण औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण नभएको भन्दै विश्वका लगानीकर्ता सुनमा आकर्षित भएका कारण सुनको मूल्य २ लाख रुपैयाँसम्म पुग्ने सुनचाँदी व्यवसायीले अनुमान लागेका थिए ।
डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा विजयी भएपछिसँगै ओरालो लागेको मूल्य नेपाल सरकारले सुनमा लगाएको भन्सार महशुल १० प्रतिशत घटाएपछि स्थानीय बजारमा सुनको मूल्य हत्तै तल झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार पछिल्लो तीन सातमै सुन प्रतितोला २३ हजार रुपैयाँ घटेको छ । कात्तिक १५ गते सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार (मंसिर ११ गते) एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भयो । कार्तिक १५ गते भएको कारोबार भएको सुनको मूल्यसँग तुलना गर्दा पछिल्लो १९ दिनमा प्रतितोला २३ हजार रुपैयाँ घटेको हो । आइतबार कार्यान्वयन हुने गरी सरकारले सुन आयातमा गर्दा लाग्ने २० प्रतिशत भन्सार महशुल घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार एकैदिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको थियो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि प्रतितोला २ हजार ६ सय रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो दुई दिनमा प्रतितोला सुन १८ हजार पाँच सय रुपैयाँ कम भएको हो ।
महासंघका अनुसार मंलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ । युद्धका कारण अन्य औद्योगिक क्षेत्रमा लगानी गर्दा असुरक्षित हुने देखेपछि लगानीकर्ता सुनमा बढी आकर्षित हुँदा सुनको माग तीव्र बढेको व्यवसायीको भनाइ थियो ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले राष्ट्रपति निर्वाचनमा ट्रम्पले आर्थिक सुधार गर्न विश्वमा भइरहेको युद्ध अन्त्य गर्ने वातावरण बनाउने मुख्य मुद्दा बनाएको हुँदा उनी निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको बताए । तर, केही दिन अघि रुस र युद्धमा भएको घट्नाले नकारात्मक असर परेको छ । विश्व बजारमा ट्रम्पले आप्mनो कार्यभाक सम्हाले पछि मात्र थाहा हुने व्यवसायी शाक्यको भनाइ छ ।
शाक्यले भने,‘सरकारले सुनमा लगाएको महशुल कम गर्दा आन्तरिक मूल्य कति घट्ने घटि सकेको छ । तर, ट्रम्प अमेरिको राष्ट्रपति भएपछि विश्व बजारमा लगानीको वातावरण हुनेमा ठुलो लगानीकर्ताको अपेक्षा छ । सोही कारण अझै नेपाली १ लाख ४० हजार रुपैयाँसम्म पुग्ने अनुमान रहेको शाक्यको भनाइ छ । महासंघका पूर्व अध्यक्ष मणिक रत्त्न शाक्यले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेको बताए । नेपाल सरकारले पनि भन्सार महशुल कम गर्दा मोमबार र मंगलबार दुई दिनमा प्रतितोला १० हजार ८ सय बढी घट्याएको छ ।
पछिल्लो समय फेरी रुस र युक्रेनबीचका युद्ध बढेको हुँदा अब सुनको मूल्य हालको भन्दा तल नझर्ने अनुमान रहेको शाक्यको भनाइ छ । हाल स्थानीय बजारमा जति मूल्यमा सुनका कारोबार भइरहेको छ त्यो भन्दा केही तलमाथि भएपनि अब सुनको धेरै मूल्य नघट्ने उनी बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न बढ्ने अब ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि मात्र थाहा हुने पूर्व अध्यक्ष शाक्य बताउँछन् ।
आउने तीन महिनाको बीचमा सुनको मूल्य केही तलमाथि भएपनि ठुलो अन्तरले घटबढ नहुने अनुमान रहेको शाक्यले जानकारी दिए । व्यवसायी शाक्यका सुनको मूल्य बढेपछि सुन कारोबार निकै कम भएको छ । विगतमा दैनिक ३० देखि ३५ किलो सुन विक्री हुनेमा आज भोली १० किलो पनि विक्री हुदैन ।
प्रतिक्रिया