(Thursday , 16 April,2026)

वर्षमान पुन दोस्रो पटक अर्थमन्त्री

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । एमाले र माओवादीको नेतृत्वमा नयाँ गठबन्धन निर्माणमा सक्रिय भूमिका खेलेका वर्षमान पुन अर्थमन्त्री नियुक्त भएका छन् । माओवादी उपमहासचिवसमेत रहेका उनी चौथो पटक मुलुकको ढुकुटीको बागडोर सम्हाल्दै अर्थमन्त्री भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनौपचारिक प्रमुख सल्लाहकार रहेका पुन सामु मुलकुको अर्थतन्त्र सुधार गर्ने प्रमुख चुनौती छ । उनी चार पटक मन्त्री भइसकेका छन् ।

दोस्रो पटक अर्थ र उर्जा र शान्ति तथा पुननिर्माण मन्त्री भइसकेका उनले मुलुको आर्थिक वृद्धि दर बढाउने, देशभित्र रोजगारी सिर्जना गर्ने, वैदेशिक लगानी भित्र्याउने, कृषि, पर्यटन क्षेत्रलाई तीब्रता दिने र मुलुकको व्यापार घाटा कम गर्ने चुनौती छ ।

प्रधानमन्त्री दाहालका विश्वासपात्र उनी ‘टीमवर्क’ मा विश्वास गर्छन् । एक वर्ष बढी उपचारपछि उनी स्वास्थ्य लाभ गरी सक्रिय राजनीतिमा फर्केका छन् । अर्थ मन्त्रालयको दोस्रो इनिङस्को रुपमा मुलुकको आर्थिक वृद्धि गरी मुलुकलाई ‘समृद्धि’ को दिशामा अघि बढाउने अवसर र चुनौती छन् । सरकारले समृद्धि, सामाजिक न्याय र सुशासनलाई मुख्य उद्देश्य राखेको छ ।

०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा २०६८ साल भदौमा पहिलो पटक अर्थमन्त्री भएका थिए । उनी १८ महिना अर्थमन्त्री भए पनि उनले बजेट ल्याउन पाएनन् ।


त्यसबेला भट्टराई सरकारले पुरक बजेट ल्याएको थियो । प्रधानमन्त्री आफैँ मुलुकको अर्थतन्त्रबारे जानकार भएकाले त्यसबेला पुनलाई काम गर्न सहज भएको थियो । पुनले त्यसबेला मुख्यगरी रोगजार, कृषि र लगानीलाई जोड दिने नीति लिएका थिए ।

उनी अर्थमन्त्री भएकाले २१ ठूला राष्ट्रिय गौरवको आयोजना नामाकरण गरिएको थियो । ती आयोजनाले निरन्तरता पाएका छन् । २०७४ चैतमा केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछि पुन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री भएका थिए । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा पुनले पहिलोपटक शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका उनी पार्टीभित्र छापामार र डेपुटी कमाण्डर भई सशस्त्र युद्धको नेतृत्व गरेका थिए । शान्ति प्रक्रिया अघि बढाउन उनी सक्रिय रहे । पुनको जन्म रोल्पाको साविक जंकोट गाविस– १ (हाल रोल्पा नगरपालिका ७) माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा वि.सं. २०२८ जेठ १८ गते भएको हो । उनकी श्रीमती ओनसरी घर्ती पूर्व सभामुख हुन् ।

उनले २०४४ मा एसएलसी पास गरेर उच्च शिक्षाका लागि दाङ आए । उनी २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइएलमा भर्ना भए । रोल्पामा पढ्दै गर्दा राजनीतिमा तानिएका अनन्त दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा सक्रिय भए । २०४८ सालमा उनले आइएल उत्तीर्ण गरे । पूर्णकालीन राजनीतिमा रहेकै बेला २०४९ मा नेपाल ल क्याम्पसमा उनी बीएलमा भर्ना भए पनि पुरा गर्न पाएनन् ।

उनले माओवादी सशस्त्र युद्ध सुरु गर्दा २०५२ मा रोल्पा होलेरी चौकी आक्रमणको नेतृत्व गरेका थिए । २०६२/६३ को जनआन्दोलनमा मध्यकमाण्डको नेतृत्व गरी आन्दोलनको नेतृत्व गरेका थिए । २०४९ सालमा पार्टीको पहिलो रोल्पा जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्य, ०५३ मा केन्द्रीय सदस्य, २०५५ मा चौथो विस्तारित बैठकबाट माओवादीको केन्द्रीय सदस्य, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट वैकल्पिक पोलिटब्यूरो, २०६२/६३ को शान्ति प्रक्रियापछि माओवादीले शक्तिशाली १३ सदस्यीय सचिवालय सदस्य भएका थिए ।

हेटौंडामा भएको महाधिवेशनपछि विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले सचिव, २०७८ पुसमा काठमाडौंमा भएको महाधिवेशनबाट उनी माओवादी केन्द्रको उपमहासचिवमा चुनिए । पहिलो संविधानसभामा ललितपुर– १ बाट निर्वाचित भए । दोस्रो संविधान २०७० मा मोरङ-९ मा उम्मेदवार भएपनि पराजित भएका थिए । २०७४ र २०७९ मा उनी रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal