काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मेका हुन् ।
फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी पिएचडी गर्नुभएका डा महत हाल नेपाली कांग्रेसको प्रवक्ता तथा केन्द्रीय सदस्य हुनुहुन्छ ।
कक्षा–७ मा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी सङ्घमा लागेका उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेको थिए । विसं २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेल्नुभएका डा महत त्यसबेला नेपाल विद्यार्थी सङ्घको महासचिव समेत भएका थिए ।
कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा महतले एक्सन कमिटीमा रहेर काम गरेका थियो । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने उनले विसं २०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका थिए । २०५९ सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थियो ।
विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गर्नुभएका डा महतले पहिलो र दोस्रो संविधानसभामा सदस्य समेत रहनु रहेका थिए । त्यसैगरी विसं २०७० देखि २०७४ सम्म विधायकको रुपमा रहेका थिए । हाल उनी प्रतिनिधिसभाको सदस्य छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारका रुपमा विसं २०५८ देखि २०५९ सम्म काम गर्नुभएका डा महतले राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा पनि काम गरेका थियो ।
उनले यसअघि परराष्ट्र मन्त्री, उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्रीका रूपमा रहेर काम गरेका थिए भने उर्जामन्त्री रहेका बेला राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने तथा ढल्केवार–मुजफ्पुर ४०० केभी प्रशारण लाइन निर्माणको निर्णय गरेका थियो ।
त्यस्तै परराष्ट्रमन्त्री हुँदा उनको पहलमा चीनसँगको बिआरआई सम्झौताका साथै नेपालले गण्डक सम्झौताबाट पाउनुपर्ने सुविधाका लागि कुरा उठाइ भारतीय पक्षलाई प्रतिबद्ध गराएका थियो । नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण काम गरेका थियो ।
मुलुकको अर्थतन्त्रमा धेरै चुनौती आइरहेको वर्तमान अवस्थामा देशको अर्थमन्त्री बनेकाले अर्थशास्त्रमा विद्यावारिधी गरेका डा महतले आगामी दिनमा यो चुनौतीलाई सामना गर्नेगरी काम गर्नुपर्ने चुनौती थपिएको छ ।
प्रतिक्रिया