काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले पदभार ग्रहण गरेका छन् । मन्त्री भुसालको पहिलो निर्णय १.संघ, प्रदेश र स्थानीयतह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ मा उल्लेख भए बमोजिम कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यमा संघ, प्रदेश र स्थानीय तह बीचका अन्तरसम्बन्ध व्यवस्थित गर्ने निर्देशिका 2080 वैशाखभित्र तयार गर्ने रगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्रीमा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाललाई नियुक्त गरेका छन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका प्रचण्ड नेतृत्वको सरकारले भने अझै पूर्णता पाउन सकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छिन् ।
जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षामन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
प्रतिक्रिया