काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् । उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले बताएका हुन ।
“मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।”
मलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राण्ननीतिक महत्त्व रहेको धारणा व्यक्त गरे । यी नै विषयका महत्त्वलाई बुझेर नै सरोकार सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने जानकारी गरे । सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्त्वपूर्ण सुधारका कार्य गर्ने उनले बताए ।
यस्तो छ नवनियुक्त उपप्रधानमन्त्री खड्काको जीवनी नेपाली कांग्रेसका उपसभापति खड्का पिता प्रेमबहादुर र माता मायादेवीको कोखबाट विसं २०१२ फागुन १७ गते जन्मनुभएको हो ।
वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेत स्थायी ठेगाना भएका उहाँ हाल बूढानीलकण्ठ नगरपालिका–७, गल्फुटार, काठमाडौँ बस्दै आउनुभएको छ । उनको राजनीतिक यात्रा विसं २०३० मा नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो ।
उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले नेपाल विद्यार्थी सङ्घ केन्द्रीय क्याम्पस, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विसं २०३६–२०४१ सम्म सभापति भएका थिए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको सभापति ९विसं २०४४–२०४८० मा हुनभएका उहाँ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य (विसं २०६०)२०६४०, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य (विसं २०६४ देखि असोज ६, २०७०० हुनुभएको थियो ।
उनले नेपाली कांग्रेसको सहमहामन्त्री (असोज ७, २०७००, महामन्त्री (वैशाख २१, २०७५० र पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पुस १, २०७८० निर्वाचित भएका थियो ।
उपप्रधानमन्त्री खड्का लोकतन्त्र बहालीका लागि नेपाली कांग्रेस र भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घद्वारा सञ्चालित विभिन्न राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गिरप्तार हुनुभएको थियो । उनले विसं २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारको पार्टी अभियानमा सहभागी हुँदा ३० दिन थुनामा, बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका क्रममा तीन महिना जेल जीवन व्यतित गर्नुका साथै शाही शासनकाल विसं २०६० मा ४० दिन घरमै नजरबन्द हुनुभएको थियो ।
खड्का विसं २०५५ मा युवा, खेलकुद तथा संस्कृति र जनसङ्ख्या तथा वातावरणमन्त्री भएका थियो । उनले वाणिज्य, सूचना तथा सञ्चार र उद्योग, गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उनले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उपप्रधानमन्त्री खड्काले अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, केन्या, लग्जमबर्ग, नेदरल्यान्ड्स, कतार, सिङ्गापुर, श्रीलङ्का, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, बेलायत, अमेरिका, युएई र कुवेतलगायत मुलुकको भ्रमण गरिसक्नुभएको छ ।
प्रतिक्रिया