(Sunday , 15 March,2026)

२६.८७ अंकले घट्यो नेप्से

mountainejournal.com

mountainejournal.com

काठमाडौँ।  दोहोरो अंकको गिरावट आएको सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार कारोबार रकम समेत खुम्चिएको छ । आइतबार बजार २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको छ । यो १.४० प्रतिशतको गिरावट हो ।

आइतबार २५९ धितोपत्रको ३२ हजार १६८ वटा कारोबारबाट ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको भएको छ । गत बिहीबार भने १ अर्ब ४१ करोड ३२ लाखको कारोबार भएको थियो ।

आइतबार सबै उपसूचकको मूल्यमा गिरावट आएको छ । म्युचुअल फण्ड र लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।घट्दो बजारमा पनि आइतबार माया खोला हाइड्रो र एसियन हाइड्रोको मूल्य भने सकारात्मक सर्किट लेवलमा बढेको छ । कालिञ्चोक दर्शन प्रालिको समेत मूल्य धेरैले बढ्यो ।

जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal