(Sunday , 15 March,2026)

नयाँ सरकार गठन पछि शेयर बजार निरन्तर उकालोमा

mountainejournal.com

mountainejournal.com

शेयर बजार परिसूचक नेप्से बुधबार ६४ दशमलव ८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलव ९४ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अंकले बढेको छ ।

बुधबार  दुई सय ५८ वटा कम्पनीका ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ११ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भयो ।

यस्तै,नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अन्य २१ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि छ वटा कम्पनीको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal