(Wednesday , 15 July,2026)

अब ग्यासको पूरा सिलिन्डर पाइने

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । अब खाना पकाउने ग्यास पुरा सिलिन्डर नै पाउने भएको छ । नेपाल आयल निगमले बुधबारदेखि देशभरि नै साविककै तौल अर्थात् १४.२ केजीको खाना पकाउने (एलपी) ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन निगमले २०८२ फागुन २९ गतेदेखि आधा ग्यास (७.१ केजी) मात्र भरेर बिक्री गर्ने व्यवस्था गरेको थियो ।

 हाल इन्डियन आयलका रिफाइनरी र बोटलिङ प्लान्टहरूबाट ग्यासको लोड लिने व्यवस्थामा सुधार आएको र उपभोक्ताहरूबाट पनि पूरा तौलको सिलिन्डरको उच्च माग भएकाले निगमले पुनः पूरा सिलिन्डर नै बजारमा पठाउन लागेको हो । निगमका अनुसार अब १४.२ केजीको ग्यास सिलिन्डरको मूल्य २,०६० रुपैयाँ कायम गरिएको छ ।

बजारमा केही समयका लागि ७.१ केजी र १४.२ केजी दुवै किसिमका सिलिन्डरहरू उपलब्ध हुन सक्ने भएकाले उपभोक्तालाई तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न निगमले अनुरोध गरेको छ  । हाल भारतीय आयल कर्पोरेसनबाट ग्यासको आयात नियमित भइरहेको छ ।  त्यसैले, आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले आग्रह गरेको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal