(Friday , 22 May,2026)

वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

mountainejournal.com

mountainejournal.com

काठमाडौं- प्रतिनिधि सभा बैठकबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । अर्थमन्त्री वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ सदनमा दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक दफाबार छलफका लागि बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।

विधेयकमाथि ६ वटा संशोधन परेको थियो । सांसदहरु लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले संशोधन फिर्ता लिएका थिए । अर्थमन्त्री वाग्लेले सांसदहरुले राखेको संशोधन सरकारले स्वीकार गर्ने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal