काठमाडौं- मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार प्रहरीले घेरा हालेर डोजर चलाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र स्थानीय प्रशासनको सक्रियतामा आइतबार बिहानैदेखि बस्तीमा डोजर चलाइएको हो ।
प्रहरीले साविकको बस्ती क्षेत्रलाई चारैतिरबाट घेरा हालेर डोजर चलाउन थालेपछि त्यहाँका स्थानीयबासीहरु बिचल्लीमा परेका छन् । वर्षौंदेखि बस्दै आएको आफ्नो टहरो भत्काउन थालेपछि सुकुम्बासीहरु आफ्ना सामानहरु पोका पार्न र गाईवस्तुहरु बाँधेर सुरक्षित स्थानतर्फ लैजान व्यस्त देखिएका छन् ।
बस्ती भत्काउन आएका डोजरलाई रोक्न केही स्थानीयले प्रयास गरेपनि ठूलो संख्यामा परिचालित प्रहरीले दिएनन् । हाल बस्ती क्षेत्रमा डोजरले टहराहरु भत्काइरहेको छ भने विस्थापितहरु आफ्ना सरसामान सडक किनारमा थुपार्न बाध्य भएका छन् ।
प्रतिक्रिया