काठमाडौँ । मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक दबाब बढ्दै जाँदा चैत महिनामा आम नेपाली उपभोक्ताको भान्छा अस्वाभाविक रूपमा महँगो वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको २०८२ चैत महिनाको मूल्य विश्लेषण गर्दा अचाक्ली महँगो बढेको देखिएको हो । साथै उपत्यका र मोफसलको मूल्यमा ठूलो खाडल देखिएको छ ।
विभागले अध्ययन गरेको प्रतिवेदन अनुसार दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा चैत महिनामा अस्वाभाविक मूल्य वृद्धि भएको छ । खाद्यान्न, दाल र खाने तेल चामलको मूल्यमा सामान्यदेखि मध्यम स्तरको वृद्धि भएको देखिएको छ । जसको मुख्य कारण ढुवानी लागत र भारतबाट आउने कच्चा पदार्थको मूल्य वृद्धि हो । प्रतिवदेन अनुसार चैत महिनामा तरकारी र फलफूलमा अस्वाभाविक मूल्य वृद्धि भएको देखिएको छ ।
अध्ययन प्रतिवदेन अनुसार चैत महिनामा स्थानीय काउलीको मूल्यमा ३०५ देखि १८८ प्रतिशत वृद्धि भएको छ । बोकाउली र लामचो हरियो फर्सीको मूल्य पनि निकै उच्च वृद्धि भएको छ । यद्यपि, निउरो, च्याउ र टोफु जस्ता केही वस्तुको मूल्य भने स्थिर रहेको छ ।
खाद्यान्न, दाल र खाने तेल चामलको मूल्यमा सामान्यदेखि मध्यम स्तरको वृद्धि भएको छ । जसको मुख्य कारण ढुवानी लागत र भारतबाट आउने कच्चा पदार्थको मूल्य वृद्धि जनाएको छ ।
लङग्रेन चामल, मासको दाल, र रहरको दालको मूल्यमा केही वृद्धि देखिए पनि मुसुरो र चनको दालको मूल्यमा भने सामान्य गिरावट आएको छ । खाने तेल (भटमास, सूर्यमुखी) को मूल्यमा पनि चैतमा केही बढोत्तरी भएको प्रतिवेदनमा उल्लेख छ । माछा, मासु र दुग्धजन्य पदार्थ खसी र ब्रोइलर कुखुराको मासुको औसत मूल्य तुलनात्मक रूपमा स्थिर रहे पनि अण्डाको मूल्यमा भने वृद्धि भएको छ । दुध र घिउको मूल्यमा पनि स्थान विशेष अनुसार सामान्य उतारचढाव देखिएको छ । यस्तै काठमाडौँ उपत्यकामा तराईका सहरको तुलनामा मूल्य केही बढी पाइएको छ ।
तरकारी र मसला तरकारीको मूल्यमा काठमाडौँ सधैँ महँगो देखिएको छ । गोलभेँडा विराटनगरमा प्रति किलो ३३ रुपैयाँमा उपलब्ध हुँदा काठमाडौँमा ७५ रुपैयाँ पुगेको छ । यस्तै सुकेको खुर्सानी धनगढीमा ५ सय रुपैयाँ हुँदा काठमाडौँमा ५ सय ५० रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै चैत महिनामा तरकारीको मूल्य बजारमा ३०५ प्रतिशत भएको प्रतिवदेनले देखाएको छ ।
यस्तै स्थानीय काउली महिनाको सुरुमा प्रति किलो २१ रुपैयाँ रहेको काउली ८५ रुपैयाँ पुग्दा ३०४.७६ प्रतिशतको कीर्तिमानी वृद्धि देखिएको छ । यीस्तै हाइब्रिड घिउ सिमी प्रतिकोली २५ रुपैयाँबाट बढेर १०० रुपैयाँ पुग्दा ३०० प्रतिशतले महँगिएको छ । ब्रोकाउली १८७.८७ प्रतिशत र लामचो हरियो फर्सी २०० प्रतिशतले वृद्धि भएको छ ।
उपत्यका र मोफसलको मूल्यमा खाडल
काठमाडौँ र मोफसलबीच मूल्यको ठूलो अन्तर विभागले मुलुकका ६ वटा मुख्य व्यापारिक केन्द्रहरू—विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौँ उपत्यकामा गरेको अध्ययनले मूल्यमा ठूलो क्षेत्रीय असमानता देखाएको छ ।
चामल र खाद्यान्न
अध्ययन अनुसार चामलको मूल्यमा तराईका सहर र काठमाडौँबीच ठूलो खाडल छ । जनरल सोना मनसुली चामल वीरगन्जमा प्रति किलो ५९ रुपैयाँमा पाइँदा काठमाडौँ उपत्यकामा ९५ रुपैयाँ पुगेको छ । त्यस्तै, बासमती चामल वीरगन्जमा १६० रुपैयाँ पर्दा काठमाडौँमा १८५ रुपैयाँ पुगेको छ । यसले ढुवानी भाडा र बिचौलियाको सक्रियताका कारण राजधानीको भान्छा बढी महँगो भएको अध्ययन प्रतिवदेनले देखाएको छ ।
दाल र गेडागुडी
विभागको अध्ययन प्रतिवदेनले रहरको दाल (नन–पोलिस) काठमाडौँमा प्रति किलो ३ सय रुपैयाँ सम्म पुगेको देखाएको छ । जबकि भैरहवामा यसको मूल्य १९८ रुपैयाँ मात्र छ । मासको दाल नेपालगन्जमा २३० रुपैयाँ पुग्दा भैरहवामा १४८ रुपैयाँ मात्रै रहेको पाइएको छ, जसले स्थानीय आपूर्ति व्यवस्थामा रहेको असन्तुलनलाई देखाउँछ ।
मूल्य वृद्धिका कारण
इन्धनः प्रतिवेदनले मूल्य वृद्धिका लागि मुख्य तीनवटा बाह्य र आन्तरिक कारणहरू औंल्याएको छ । पहिलो कारण इन्धनमा छ पटक मूल्य वृद्धि चैत महिनामा मात्र पेट्रोलियम पदार्थको मूल्य पाँच पटक हेरफेर गरिएको छ । फागुनमा १५७ रुपैयाँ रहेको पेट्रोल चैत २६ गतेसम्म २१९ रुपैयाँ र डिजेल १४२ रुपैयाँबाट २०७ रुपैयाँ पुगेको छ । यसले ढुवानी भाडामा भएको वृद्धिले जसको प्रत्यक्ष मार उपभोक्ताको भान्छामा परेको छ ।
अमेरिकी डलरः चैत १६ गते डलरको बिक्री दर अधिकतम १५२.०१ रुपैयाँ सम्म पुगेको थियो । आयातमा आधारित नेपाली बजारका लागि डलरको मूल्य बढ्नु भनेको सिधै उपभोग्य वस्तुको लागत बढ्नु हो । अन्तर्राष्ट्रिय भू–राजनीति इरान–इजरायल तनाव र विश्व बजारमा कच्चा तेल (ऋचगमभ इष्)ि को मूल्यमा आएको अस्थिरताले नेपाली बजारमा मूल्यवृद्धिको आगोमा घिउ थप्ने काम गरेको छ ।
कुन समूहलाई बढी प्रभाव
मूल्यवृद्धिको यो लहरले समाजका न्यून आय भएका र विपन्न वर्गलाई सबैभन्दा बढी प्रहार गरेको प्रतिवेदनमा उल्लेख छ । दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिक र निश्चित तलब भएका कर्मचारीहरूको क्रयशक्तिमा भारी गिरावट आएको छ । खाद्यान्न र इन्धन जस्ता अनिवार्य वस्तुको मूल्य बढ्दा यो समूहले आफ्नो आम्दानीको ठूलो हिस्सा आधारभूत आवश्यकतामै खर्च गर्नुपर्ने बाध्यता छ, जसले गर्दा शिक्षा र स्वास्थ्य जस्ता अन्य क्षेत्रको खर्च कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रतिक्रिया