काठमाडौँ । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबार मात्र सुनको भाउ तोला(११.६६३ ग्राम)मै २० हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ३ लाख ३९ हजार ३ सय तोकिएको छ ।
बुधबार भने घरेलु बजारमा सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीबार चाँदीको भाउ पनि २ सय ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार चाँदीको भाउ ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया