(Monday , 20 April,2026)

अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच भेटवार्ता, सहयोगका विविध क्षेत्रबारे छलफल

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। 

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताएका थिए। अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेको अर्थ मन्त्रालयले बताएको छ।  अमेरिकी राजदूतले एमसीसीको सहयोगमा सञ्चालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजना समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताए।

अर्थमन्त्री खनालले उक्त परियोजनाको सफल कार्यान्वयनका लागि सरकारका तर्फबाट गर्नुपर्ने कार्यमा ढिलाइ नहुने विश्वास दिलाए। उनले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फबाट हुँदै आइरहेको निरन्तर सहयोगको सराहना गरेका थिए।

बैठकमा अर्थसचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी दूतावासका पदाधिकारी सहभागी थिए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal