(Sunday , 31 May,2026)

पाइपलाइनमा प्राविधिक समस्या इन्धन आपूर्ति रोकिदैन

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । अमलेखगञ्जसम्म निर्माण गरिएको दोस्रो चरममा निर्माण भएको पेट्रोलियम पाइपलाइनमा प्राविधिक समस्या देखिएको छ । दोस्रो चरणअन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या आएपछि मर्मत यहि १६ तारेख अर्थात साउन ३१ बाट पाइपलाइनमा देखिएको प्राविधिक समस्यालाई र्ममत गर्न लागिएको हो ।

उक्त पाइपलाइनमा देखिएको समस्या र्ममत गर्न इन्डियन आयल कर्पोरेसन (आईओसी) को टोली पाइपलाइन निरीक्षणमा सकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । पाइपलाइनमा देखिएको प्राविधिक समस्यालाई र्ममत गर्दा इन्धन आयातमा समस्या नहुने उनले जानकारी दिए । प्रवक्ता ठाकुर भने,‘ अनुसार दोस्रो चरण बनेको पाइपलाइन पुर्वाधार परिक्षणक कालमै थियो ।

आइओसीले निगमलाई हस्तारन्तर पनि गरी सकेको छैन । उनीहरुको प्राविधिक टोली आएर गइरहेको छ । सबै काम उनीहरुले गर्ने हो । हाम्रो कुनै खर्च लाग्दैन् । यहि १६ तारेखबाट काम सुरु हुन्छ ।’ इन्धन आपूर्तिमा कुनै समस्या नहुने ठाकुरले जानकारी दिए । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गर्ने थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal