काठमाडाैँ । कृषि तथा पशुपन्छि विकासमन्त्री रामनाथ अधिकारीले बजार अनुगमनलाई चुस्त तथा प्रभावकारी बनाउन खाद्य तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएका छन् । विभागले बुधबार आयोजना गरेको वार्षिक प्रगति तथा समीक्षा गोष्ठि कार्यक्रममा मन्त्री अधिकारीले चाडपर्व नजिकिदै गएको हुँदा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
मन्त्री अधिकारीले विभागले बजार अनुगमन तथा गुणस्तर परिक्षण गरी दुषित तथा गुणस्तरहिन खाद्य तथा पेय पदार्थ विक्री वितरण गर्ने उद्योगी व्यवसायी कारबाही गरी मुद्दा दायर गर्दै आएको भएतापनि आमउपभोक्ताले बजार अनुगमनको अनुभव र अनुभूती नगरेको बताए । त्यसकारणले देशभरी नै बजार अनुगमनमलाई बढी जोड दिन उनले निर्देशन दिए ।
कार्यक्रममा मन्त्री अघिकारीले भने,‘ विभाग अन्तरगतका निकायको कमजोरीले दोष मन्त्रालयलाई आउँछ । त्यहि भएर जिम्मेवार भएर काम गर्नुहोस । तपाईलाई के आवश्यक पर्छ मन्त्रालयले सबै सहयोग गर्न तयार छ । उनले भने, ‘ विभागसँग जनशक्ति र सवारी साधन कमी छ । तर, पनि दुःख कष्ठ गरेर भएपनि आम उपभोक्तालाई अनुभूति हुने गरी बजार अनुगमन गर्नु पर्छ । जिम्मेवार भएर काम गर्नुपर्छ ।’ अहिले मौसम पनि खराब भएका बेला विभिन्न रोगहरु फैलने सम्भावना बढी भएको हुँदा आम नागरिकलाई अनुभुती हुने गरी अनुगमन गर्ने निर्देशन दिए ।
सवारी सधान खरिद गर्न अहिले सरकारसँग नै स्रोत कम हुँदा आफुसँग भएको स्रोत साधान प्रयोग गरी काम गर्ने मन्त्री अधिकारीले खाद्य विभागलाई निर्देशन दिए । यसैगरी उनले विभागले अहिले खाद्यको प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मान्यता पाएको छ यो हाम्रो देशको लागि नै खुसीको विषय भएको बताए । यस्तै मन्त्री अधिकारीले विभागलाई खाद्य वस्तु तथा तरकारी फलपूलमा विषादीको प्रयोग गर्न नहुने जस्तो सचेतका कार्यक्रम सञ्चालन गर्न समेत आग्रह गरे । यस्तै उनले पछिल्लो समय सञ्चालन ल्याएको मोबाइल भ्यानको प्रयोगले देशभरी भ्याउने गरी अनुगमन गर्न निर्देशन दिए ।
विभागका महानिर्देशक संजिवकुमार कर्णले आम जनताले अनुभव र अनुभुती हुने गरी काम गर्न आप्mना कर्मचारिलाई निर्देशन दिए । उनले विभागले दिने सेवा जनतालाई अनुभूति हुने खालको सुविधा दिने प्रतिबद्धता जनाए । सबै कर्मचारीलाई जिम्मेवार भएर आप्mना काम गर्ने समेत निर्देशन दिए । यसैगरी उनले सेवाग्राहीको सहताका लागि अनलाइन सेवा समेत सुरुवात गरेको जानकारी दिए । उनले अब सबै सेवाग्राहिले अनलाइनमार्फत सेवा लिन सक्ने बताए ।
प्रतिक्रिया