(Tuesday , 09 December,2025)

१८३ उद्योगलाई कारबाही गर्न मुद्दा दायर

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । उद्योगी व्यवसायीहरुले आम उपभोक्ताको स्वास्थ्य माथि चरम खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र विभाग अन्तरगतका कार्यालयले गत आर्थिक वर्ष २०८१–८२  मा गरेको अनुगमन तथा गुणस्तर परीक्षण प्रतिवेदनअनुसार उद्योगी व्यवसायीहरुले न्यून गुणस्तरका पेय पदार्थ तथा खाद्य वस्तु विक्री वितरण गरी आम उपभोक्ताको स्वास्थ्य माथि चरम खेलबाड गरेको पाइएको हो । 

खाद्य विभाग र विभाग अन्तरगतका निकायले गरेको अनुगमन एवं परीक्षणबाट सबैभन्दा गुणस्तरहीन तेल तथा घिउ, पानी र खाद्यान्न दलनमा भएको पाइएको छ । विभागले गत आर्थिक वर्ष २०८१–८२ मा गरेको खाद्य उद्योग तथा पेय पदार्थ प्रशोधन गर्ने तेल, घिउ, पानी उद्योग र बजार अनुगमनले यस्तो नतिजा देखाएको हो ।

विभागले बुधबार आयोजना गरेको वार्षिक प्रगति तथा समीक्षा गोष्ठि कार्यक्रममा विभागको योजना तथा अनुगमन शाखा प्रमुख प्रतिभा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार अनुगमन र परीक्षण गरिएका खाद्यवस्तु तथा पेय पदार्थमध्ये सबैभन्दा गुणस्तरहीन तेल तथा घिउ, प्रशोधित पिउने पानीमा फेला परेको छ ।

उद्योगी–व्यवसायीले यस्ता उपभोग गर्न अयोग्य यस्ता वस्तु बजारमा बिक्री गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको उक्त प्रतिवेदनले देखाएको छ । मानिसलाई नभई नहुने अत्यावश्यक पिउने पानी र खाने तेलजस्तो पेय पदार्थ खान नहुने दूषित उद्योगी व्यवसायीले बजारमा विक्री गर्ने गरेको विभागको अनुगमन तथा गुणस्तर परिक्षण प्रतिवदेनले देखाएको छ । भान्सा सबैभन्दा धेरै प्रयोग हुने खाने तेल तथा घिउ, खाद्य वस्तु दहलन तथा सोबाटा बनेका पदार्थ, प्रशोधित पिउने पानी  गुणस्तरहीन पाइएको छ ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शाखा प्रमुख प्रतिभा श्रेष्ठले खाद्य तथा दाना पदार्थ ऐन बमोजिम संकलित नमुनाको विश्लेषण प्रतिवेदनअनुसार प्रतिकूल पाइएका खाद्य तथा दाना पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीलाई आव २०८१–८२ मा १८३ वटा मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको जानकारी दिइन् ।

उनका अनुसार १ सय ८३ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएकोमा सबैभन्दा बढी गुणस्तरहीन खाने तेल तथा घिउका ४७ उद्योगमाथि मुद्दा दायर भएको छ । यस्तै खाद्यान्न–दलहनका ४६ वटा, प्रशोधित पिउने पानीका २३ वटा उद्योगमाथि मुद्दा दायर भएको छ ।

यसैगरी गुलियो पदार्थ १६ वटा, दूध तथा दुग्ध पदार्थका १० मसलाका ५ वटा मुद्दा अदालतमा दायर भएका छन् । यस्तै फल तथा सागपातजन्य पदार्थका २ वटा, चिया÷कफीका ६ वटा अन्य खाद्य पदार्थका १८ वटा र दाना पदार्थका ७ वटा र कन्फेक्सनरीका ३ वटा मुद्दा दायर भएका छन् । अदालतमा दायर भएका १८३ मुद्दामध्ये  सबै भन्दा धेरै ११२ वटा न्यून गुणस्तरका रहेका छन् भने दूषितका २६ वटा छन् । यस्तै खाद्य ऐन नियम निर्देशिका उल्लंघन २६ वटा र लेबल सम्बन्धिका १९ वटा मुद्दा रहेका छन् । 

आव २०८१–०८२ मा विभागले विभिन्न खाद्य उद्योगले उत्पादन गरेको वस्तुको बजार निरीक्षण अनुगमनमा २६ हजार २ सय ४३ नमुना संकलन गरेको थियो । जसमा २ हजार ७ सय ३९ वटा नमुनाको विश्लेषण गर्दा १७३ वटा नमुनाको परीक्षण प्रतिकूल पाइएको छ । 
यीमध्ये खाद्यान्नका ५२ वटा नमुना खान नहुने पाइएका छन् ।

फल तथा सागपातजन्य पदार्थका ११ वटा, तेल तथा घिउजन्य पदार्थका ३८ वटा, मसलाका १६ वटा, गुलियो पदार्थ–कन्फेक्सनरीका ४ वटा, चिया÷कफीका ८ वटा, प्रशोधित पिउने पानीका १६ वटा, दूध तथा दुग्ध पदार्थका १३ वटा र अन्य खाद्य पदार्थका ७ वटा, नुन ११ तथा मासु तथा मामुजन्य १ वटा गरी १७३ वटा (६.३१ प्रतिशत ) नमुना खान नहुने पाइएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal