(Saturday , 14 June,2025)

५ लाख ७३ हजार नयाँ करदाता थपिए

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । चालु आर्थिक वर्षमा ५ लाख ७३ हजार ६८२ करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि चैत मसान्तसम्म  ५ लाख ७३ हजार ६८२ करदाता थपिएका हुन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार गत आवमा ६२ लाख २६ हजार १३३ वटा करदाता थिए । 

चालु आवको चैत मसान्तसम्ममा ५ लाख ७३ हजार ६८२ करदाता थप हुँदा ६७ लाख ९९ हजार ८१५ करदाता पुगेका हुन् । थपिनेमा सबैभन्दा धेरै व्यक्तिगततर्फ ४ लाख ८० हजार ७० र व्यावसायिकतर्फ ९१ हजार ७३३ करदाता थपिएर २० लाख ३५ हजार ८७४ पुगेका छन्  गत असारसम्म यो संख्या १९ लाख ४४ हजार १०१ थियो । 

अग्रिम करकट्टी सुविधासहितको प्यान लिनेको संख्या १ हजार ८३९ थपिएका छन् । हालसम्म गत चैतसम्म कुल ६७ लाख ९९ हजार ८१५ करदता पुगेको छ । चैतसम्म व्यक्तिगत प्यान लिनेको संख्या ४७ लाख २८ हजार ७४४, व्यावसायिकतर्फ २० लाख ३५ हजार ८७४ र डब्लूप्यान लिनेको संख्या ३५ हजार १३७ पुगेको विवरणमा उल्लेख छ । 

मन्त्रालयका अनुसार करदाता दर्ता विवरणअनुसार मूल्य अभिवृद्धि करतर्फ १८ हजार ५६१ थपिएर ३ लाख ४५ हजार ९७८ पुगेका छन् भने एक्साइजतर्फ ६ हजार ८९६ थपिएर १ लाख २४ हजार २६४ पुगेका छन् । 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal