(Friday , 17 April,2026)

प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन

mountainejournal.com

mountainejournal.com

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले अनुसन्धान फाइल आएको पुष्टि गर्दै (प्रतिवेदन) आइपुगेको छ । आजै दर्ता गर्ने तयारी थियो । तर समय अभावले नभ्याइएकाले अब आइतबारमात्रै दर्ता गर्छौं । 

प्रहरीको अनुसन्धान फाइल अध्ययन गरेपछि कसलाई के मुद्दा लगाउने भन्ने यकिन गरेर मुद्दा दर्ता गर्नुपर्ने शर्मा बताउँछन् । साथै, प्रतिवादीको संख्या पनि धेरै भएकाले आज दर्ता गर्न नभ्याइएको उनको भनाइ छ ।

यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal