(Tuesday , 13 May,2025)

नीति तथा कार्यक्रम

चुरे संरक्षणको गुरुयोजना पुनरावलोकन गरिने

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । साथै राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाउने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सरकारले सो योजना समेटेको हो । संघीय संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ ।’

२०७१ साल असार २ गते विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश २०७१’ जारी गरेर काम थालेको थियो । २०७४ सालमा विकास समितिले चुरे संरक्षणको २० वर्षे गुरुयोजना बनाएर सुरु गरेको थियो । त्यसयता करोडौं खर्च भए पनि चुरेको संकट नटरेको जानकारहरू बताउँछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal