काठमाडौँ । सरकारले नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने घोषणा गरेका हुन्।
सरकारले आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने पनि जनाएको छ। ऊर्जा विकास मार्गचित्र–२०८१ कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गरिने बताइएको छ।
संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अपग्रिड सौर्य तथा वायु, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् आपूर्ति विस्तार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रतिक्रिया