(Tuesday , 13 May,2025)

विद्युत् महसुल समायोजन गर्ने प्राधिकरणको तयारी

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले विद्युत् महसुल समायोजन गर्ने बताएका छन् । तीन वर्षदेखि महसुल समायोजन नभएको भन्दै महसुल वृद्धि गर्ने उनले बताए । '३ वर्षदेखि विद्युत् महसुल समायोजन नभएकाले समयानुकुल महसुल समायोजन गर्न गरिनेछ,' श्वेतपत्र जारी गर्दै उनले भने ।

प्राधिकरणले संरचनागत आर्थिक, प्रशासनिकलगायत संस्थाको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पत्रकार सम्मेलन गर्दै आज श्वेतपत्र जारी गरेका हुन् ।

प्राधिकरणको हालसम्मको उपलब्धि र वर्तमान अवस्थासहित यसको अवसर र चुनौती विश्लेषण गरी भावी योजना तय गर्न श्वेतपत्र जारी गरेको जनाएको छ । प्राधिकरणले यसअघि मंगलबार सार्वजनिक गर्ने तय भए पनि प्राविधिक कारण देखाउँदै शाक्यले स्थगित गरेका थिए ।

प्राधिकरणको विद्युत् पहुँच ९७.५ प्रतिशत पालिकामा र ९५ वडाहरूमा पुगेको श्वेतपत्रमा उल्लेख छ ।घर संरचनाका आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याका आधारमा ८४.६२ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ ।

०८१ माघसम्म प्रसारण प्रणालीमा ३.३८ प्रतिशत र वितरण प्रणालीमा ९.२१ प्रतिशत चुहावट रहेको प्राधिकरणको श्वेतपत्रमा उल्लेख छ ।

चैत १२ को बोर्ड बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो भने वैशाख १५ को बैठकले श्वेतपत्र स्विकृत गरेको थियो । यसअघि प्राधिकरणले ०६३ सालमा श्वेतपत्र जारी गरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal