(Monday , 21 April,2025)

पुँजीगत खर्च बढाउन मन्त्रालयहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  ।  पुँजीगत खर्च बढाउन विकासे मन्त्रालयहरुलाई उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पुँजीगत खर्चबारे विषयगत मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले उक्त निर्देशन दिएका हुन् । पुँजीगत खर्च वृद्धिका लागि ‘प्रो एक्टिभ’ भएर लाग्न उनले निर्देशन दिएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पुँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पुँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । ‘अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको सुरुदेखि नै गर्नुपर्ने काम र सहजीकरण गरेको छ । विषयगत मन्त्रालय पनि प्रो एक्टिभ रुपमा प्रस्तुत हुनुहोस्,’ अर्थमन्त्री पौडेलले भने, ‘स्रोतको व्यवस्थापन र सहजीकरण अर्थले गर्ने हो । आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयको हो ।‘अर्थमन्त्री पौडेलले बजेट निर्माण, बजेटको विनियोजन र कार्यान्वयनमा कुशलता प्रदर्शन गर्न जरुरी रहेको बताए ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal