(Monday , 21 April,2025)

एक वर्षपछि बल्ल कार्यान्वयनमा 

वनस्पती घ्यू  तथा तेलको ट्रान्स फ्याटको मापदण्ड 

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । सरकारले खाद्य पदार्थमा हुने वनस्पती घ्यू  तथा तेलको औद्योगिक ट्रान्स फ्याटको अधिकतम सिमा निर्धारण गरेको छ । वनस्पती घ्यू  तथा वनस्पती तेलमा अनिवार्य गुणस्तर मापदण्ड ०२.१८ खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सिमा निर्धारण गरेको हो । 
सरकारले उक्त मापदण्ड गत वर्ष २०८० माघ २५ मा औद्योगिक ट्रान्स फ्याटको अधिकतम मात्रा निर्धारण भई राजपत्रमा सार्वजनिक गरेको थियो । तर, सो मापदण्ड २०८१ साउन २२ गते देखि नै लागू भएतापनि कार्यान्वयन आएको थिएन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा ट्रान्स फ्याट परीक्षण सुविधा नभएपछि उक्त मापदण्ड कार्यन्वयन हुन नसकेको विभागका महानिर्देशक सन्जीव कुमार कर्णले जानकारी दिए ।  विभागको जिम्मेवारी पाएपछि उक्त विषयलाई गम्भिरता पूर्व लिइ ट्रान्स फ्याटको परीक्षण सुविधाहरु हाल व्यवस्थापन गरिएको शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । 

वनस्पती घ्यू  तथा तेलमा हुने ट्रान्स फ्याटले मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा मापदण्ड निर्धारण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशक सन्जीव कुमार कर्णले जानकारी दिए । वनस्पती घ्यू  तथा तेलमा हुने ट्रान्स फ्याट बढी हुँदा मानिसको दर्घ रोग मुटु फक्सो सम्बन्धी घात रोग लाग्ने हुँदा मापदण्ड नै तयार गरी कार्यान्वयन ल्याएको उनले बताए । उनका अनुासर हाइड्रोजिनेसन विधिद्वारा तयार गरिएको वनस्पती घ्यू तथा आंशिक रुपमा हाइड्रोजिनेसन गरिएको वनस्पती तेल तयार गर्दा उत्पन्न हुने औद्योगिक ट्रान्स फ्याट र यस्ता पदार्थ प्रयोग गरी उत्पादन गर्नुपर्ने मापदण्ड बनाएको छ । 

सञ्चय वा विक्री वितरण गरिने खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मात्रा उक्त खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत  भन्दा नवढेको हुनु पर्ने गरी मापदण्ड निर्धारण गरेको छ । बजारमा पाइने खाद्य पदार्थमा कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत  बढी भए कानुन बमोजिम कारबाही हुने उनले बताए । खाद्य पदार्थमा हुने चिल्लो पदार्थको तौल चेक जाँचका लागि विभागले ल्याब समेत बनाइ रहेको हुँदा अब विभागलाई कार्यान्वयन गर्न पनि सहज हुने उनले बताए ।

उनका अनुसार यस अघि विभागसँग खाद्य पदार्थमा हुने ट्रान्स फ्याट र चिल्लो पदार्थको तौल चेक जाँच गर्ने प्रविधि नहुँदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायीले दिएको प्रमाणपत्रका आधारमा मान्यता दिने गरेको थियो । अब विभागले नै चेक जाँच गर्ने सक्नेछ । 

महानिर्देशक कर्णले भने,‘ खाद्य पदार्थको लेवलमा ऐन नियम बमोजिम लगाउने लेवल विवरण साथै अनिवार्य रुपमा ट्रान्स फ्याटको मात्रा समेत उल्लेख गर्नुपर्ने छ ।  लेवलमा ट्रान्सफ्याट रहित भनि दाबी गर्न खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्राम प्रति १०० ग्राम चिल्लो पदार्थको तौल भन्दा कम हुनु पर्ने व्यवस्था रहेको छ ।  

 विभागका अनुसार खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मापदण्ड बमोजिम नियमन कार्य प्रभाकारी बनाउन विभागले डब्लुएचो नेपालसँगको सहकार्यमा खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको विश्लेषण परीक्षणको क्षमता अभिवृद्धि कार्य सन्चालन स्वरुप अन्तरराष्ट्रिय विज्ञ डा. संजीत कान्जीलालद्वारा विभागका १० जना प्राविधिक कर्मचारी खाद्य विश्लेषकहरुलाई  हप्ते तालिम दिएको छ । 

खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको विश्लेषण परीक्षणको क्षमता अभिवृद्धि तथा प्रयोगशाला साधन स्रोतको सम्पूर्ण व्यवस्था गरिसकेको छ । विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा जिसी माइनस एफआइडी प्रयोग गरी खाद्य पदार्थमा ट्रान्स फ्याटी एसिड परीक्षणको डब्लुएचओ ग्लोबल सरलीकृत प्रोटोकल विधि प्रयोग गरी परीक्षण गरिनेछ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal