पौडेलसहित आर्चायलाई उपचारको लागि सिम्रिक हेलिकप्टरबाट कीर्तिपुर ल्याइयो, दुवैजनाको बर्न अस्पतालमा उपचार हुँदै
काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्केर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि सिम्रिक हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । अर्थमन्त्री पौडेलसँगै पोखराका मेयर आचार्य कीर्तिपुर बर्न अस्पताल भर्ना भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेपछि पड्किएको थियो । बेलुन पडकिंदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए ।
अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो । ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो । सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।

अर्थमन्त्री पौडले र मेयर आचार्यको मुख र शरीरमा आगोको लप्काले पोलेको थियो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ ।
मेयर आचार्यको गालामा आगोले पोलेको थियो ।
काठमाडौं ल्याउनुअघि घाइते भएका ति दुवैजनाको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।
प्रतिक्रिया