(Thursday , 16 April,2026)

एमाले, समर्थन फिर्ता

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै साँझ एमालेबाट सरकारमा सहभागी आठ मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको हो । यसका लागि उसले नेपाली कांग्रेससँग समझदारी गरिसकेको छ । कांग्रेस र एमालेबीच गत सोमबार राति आलोपालो सरकारको नतृत्व गर्ने सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार एमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् भने बाँकी कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार चलाउनेछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal