(Sunday , 31 May,2026)

एकैदिन २७ सयले घट्यो प्रतितोला सुन

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । दिनकै नयाँ मूल्यले रेर्कड बनाइ रहेको सूनको मूल्य मंगलबार एकैदिन  प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । यो दुई दिनमा सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार गत पुसमा प्रतितोला १ लाख २२ हजार रुपैयाँ रहेको सुनको मूल्य केही घटेर फागुन ३ मा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस पछि निरन्तर वृद्धि हुँदै नयाँ नयाँ रेकर्ड कायम गरी रहेको थियो ।  दुई दिन अघि मात्र प्रतितोला १ लाख ३९ हजार रुपैयाँ नागेको थियो । पछिल्लो समय सुनको मूल्य बृद्धि हुनुको कारण रुस र युक्रेन तथा इजरायल र हमासबीचको युद्ध र अमेरिक डलर बढ्नु रहेको व्यवसायीहरु बताउँछन् । । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal