(Saturday , 09 May,2026)

नौ महिनामा ११ खर्ब ६७ अर्बको आयात

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको नौ महिनासम्ममा १२ खर्ब १ अर्ब रुपैयाँ बराबर आयात भएको छ । यस्तै नौ महिनासम्मको अवधिमा मुलुकबाट १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको हो । ०७९ चैतसम्ममा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

आयात र निर्यात घटेपछि मुलुकको कुल ब्यापार घाटा पनि २.९२ प्रतिशतले घटेर कुल १० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो ब्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ थियो । चालु आर्थिक वर्षको नौ महिनामा कुल १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको कुल वैदेशिक ब्यापार भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal