काठमाडाैँ । पछिल्लो पटक मानिसहरु सुनको मूल्य सुन्दा झस्किने गरेका छन् । बिहे ब्रतिबन्द गर्दा थोरै भएपनि सुनको प्रयोग गर्नै पर्ने परम्परा भएकाले मूल्य सुन सुन्दा धेरैलाई झस्किन थालेका हुन् । छोरा छोरीको बिहे गर्दा ५÷६ वर्ष अघि २÷३ तोला सुनलााई १÷१५० लाख रुपैयाँमा पुग्ने सुन अहिले त्यीलाई नै ४÷५ लाख रुपैयाँ खर्च गर्नु पर्ने अवस्था आएको छ । पाँच वर्ष अघिकै कुरा गर्दा प्रतितोला सुन ५०÷५१ हजार रुपैयाँ थियो । पाँच वर्ष पछि गर्दा प्रतितोलामा नै ८७ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक गर्दा पाँच वर्षमा करिब तीन गुणाले बृद्धि भएको छ ।
महासंघको तथ्यांक अनुसार २०७५ चैत ३० गते सुन प्रतितोला ५१ हजार १ सयमा कारोबार भएको थियो । २०८० चैत ३० गते सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय सुनको मुल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । महासंघका अनुसार गत पुसमा प्रतितोला १ लाख २२ हजार रुपैयाँ रहेको सुनको मूल्य केही घटेर फागुन ३ मा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस पछि निरन्तर वृद्धि हुँदै नयाँ नयाँ रेकर्ड कायम गरी रहेको छ । २०८० चैत २९ गते बिहीबार सुन प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको शुक्रबार अर्थात २०८० चैत ३० प्रतितोलामा २ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला सुन १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
पछिल्लो समय सुनको मूल्य बृद्धि हुनुको कारण रुस र युक्रेन तथा इजरायल र हमासबीचको युद्ध बताउँछन् व्यवसायीहरु । युद्धका कारण लगानीकर्ता सुनमा आक्रर्षित भएका छन् । यस्तै अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मूल्यमा देखिएको मजबुती रहेकाले पनि सुन थप महँगो हँुदै गएको विश्वलेषण महासंघको छ । पछिल्लो समय नयाँ –नयाँ रेकर्ड कायम गरी रहेको सुनको मूल्यले अब कतिसम्म पुग्छ भनेर ठम्याउन महासंघलाई गाह्रो छ ।
एकसाता अघि मात्र महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुग्ने बताएका थिए । पछिल्लो समय दिन दिनै नयाँ –नयाँ रेकर्ड कायम हुँदै गर्दा शाक्यले भनेको मूल्य केही साता भित्र नै पूग्ने देखिन्छ । सुनको मूल्य वृद्धि हुनुको मुख्य कारण रुस र युक्रेनबीचको युद्ध, अमेरिकी डलरको मूल्य मजबुत, अमेरिकाको ऋणको आकार बढ्नुलगायत रहेको अध्यक्ष शाक्यले देखाएका थिए । अन्य व्यवसायीहरुको भनाइ पनि सुन वृद्धि हुनका कारण रुस–युक्रेन युद्ध नै बताइ रहेका छन् ।
गतसाता शाक्यले भनेले कारोबार दैनिकसँग भनेका थिए, ‘पछिल्लो समय सुनको मूल्य जसरी बढ्दै गएको छ, रोकिने अवस्था छैन । सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँसम्म पुग्ने अवस्था देखिएको छ । युुद्धका कारण लगानीकर्ताले औद्योगिक र व्यापारिक क्षेत्रमा असुरक्षित ठानेर सुनमा लगानी गर्दा अन्तर्राष्ट्रिय बजारमा माग निकै बढेको छ । विश्वका ठूला बैंकले समेत सुनमा लगानी गरिरहेका छन् ।’ विश्व बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा कारोबारसमेत निकै घटेको उनले बताएका थिए ।
नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । त्यसमा व्यवसायीले पनि ज्याला र जर्ती जोड्छन् । त्यसले थप उपभोक्ता मूल्य थप महँगो पर्छन् ।
प्रतिक्रिया