(Saturday , 09 May,2026)

बजेट लेखन समिति गठन

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार आगामी आवका लागि बजेट लेखन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।

आगामी आवको बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य रहेका छन् ।

समिति संयोजक शर्माले (भोलि) शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उपनिर्देशक शर्माले जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal