(Sunday , 31 May,2026)

कुकुरको आक्रमणबाट खाद्यका २० च्यांग्रा मरे

mountainejournal.com

mountainejournal.com

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीका च्याङ्ग्रा मरेका छन् । व्यापार कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयमा रहेको च्याङ्ग्रा मरेका हुन् । प्रादेशिक कार्यालय प्रमुख ज्ञान थापाले कार्यालयको खोरमा राखेका च्यांग्रालाई कुकुरले आक्रमण गरी मरेको जानकारी दिइन् । बुधबार कार्यालयबाट घर जाँदा राम्रै अवस्थामा रहेका च्यांग्रा बिहीबार कार्यालयमा आउँदा मृत अवस्थामा फेला परेको उनले बताइन् ।

बिहीबार साँझसम्म २० वटा च्यांग्रा मरेको र १४ वटा घाइते अवस्था रहेको प्रमुख थापाले जानकारी दिइन् । ‘कार्यालयको सिसी क्यामेरामा हेर्दा र पशु चिकित्सकको भनाइ अनुसार कुकुरले नै आक्रमण गरेको देखिएको छ । क्यामेरमा हेर्दा ४/५ वटा कुकुरले च्यांग्रालाई लखेटेर मारेको देखिन्छ’ उनले भनिन, ‘केन्द्रीय रिफरल पशु चिकित्सालयमा च्यांग्राको पोस्मार्टम गर्न दिएको छ । वास्तविक रुपमा च्यांग्रा कसरी मरेको हो भन्ने रिपोर्ट आएपछि थाहा हुन्छ ।’

रिपोर्ट आउने करिब २४ घण्टा लाग्ने थापाले जानकारी दिइन् । थापाका अनुसार कम्पनीले यस वर्षको दसैंका लागि ५४२ वटा च्यांग्रा खरिद गरी ल्याएको थियो । जसमध्येमा दसैंमा २६४ वटा बिक्री भएका थिए । दसैंमा बिक्री हुन बाँकी २७८ वटा च्यांग्रा कम्पनीले कार्यालयमै खोरमा राख्दै आएको थियो । कार्यालय प्रमुख थापाले दसैंमा निर्धारण मूल्यमा च्यांग्रा बिक्री नभए पछि पटक पटक मूल्य निर्धारण गर्दा बाँकी रहेको बताइन् । कम्पनीसँग दसैंमा ल्याएका ४७ वटा च्यांग्रा बाँकी रहेको उनले बताइन् ।

जसमध्ये कुकुरको आक्रमणबाट २० वटा मरेको १४ घाइते अवस्थामा रहेका छन् । मरेका च्यांग्रालाई प्रहरीको रोहवरमा मुचुल्का बनाएर व्यवस्थापन गरिन् उनले बताइन् । दसैंमा च्यांग्रामा प्रतिकिलो १ हजार २६० रुपैयाँ निर्धारण गरेको थियो । जसमा कम्पनीले १० प्रतिशत छुट्ट दिएर १ हजार २५० रुपैयाँमा बिक्री गरेको हो । च्यांग्रा बिक्री नहुँदा पहिलो पटक कात्तिक ३ गते मूल्य संशोधन गरी प्रतिकिलो १ हजार २२५ रुपैयाँ निर्धारण गरी बिक्री गरेको थियो ।

उक्त मूल्यमा पनि च्यांग्रा बिक्री नहँदा बजार मूल्य अध्ययन गरी कात्तिक १० गते प्रतिकिलो ७५ रुपैयाँ घटाएर १ हजार १५० रुपैयाँ निर्धारण गरेको थियो । फेरि पनि च्यांग्रा बिक्री नभएपछि कम्पनीले पुस १ गते प्रतिकिलो २५ रुपैयाँ घटाएर १ हजार १२५ रुपैयाँ मूलय निर्धारण गरेको हो । पटक पटकको मूल्य सशोधन गरी दसैंैमा बाँकी रहेका २७८ वटा मध्ये ४७ वटा बाँकी रहेको उनले बताए ।

सरकारी कम्पनीलाई आफ्नो हिसाबमा निर्णय बिक्री गर्न नसक्ने हुँदा दसैंको च्यांग्रा लामो समयमासम्म बिक्री नभएको उनको भनाइ छ । कम्पनीले हरेक वर्ष दसैंमा बजार मूल्य नियन्त्रण गर्ने विभिन्न जिल्लाबाट खसीबोका र च्यांगा संकलन गरी काठमाडौंमा बिक्री गर्ने गरेको थियो । कम्पनीले यस पटकको दसैंमा २ हजार खसीबोका र ५४२ वटा च्यांग्रा ल्याएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal