(Thursday , 05 March,2026)

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षको उमेरमा आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनी पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित थिइन् ।

उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । त्यसअघि श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।     
     
 पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताए छ ।   “यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ”, शोक वक्तव्यमा भनिएको छ ।     
     
पार्टी सभापति रवी लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुःखद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।      
   
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal