(Thursday , 16 April,2026)

नेपाल उद्योग परिसंघ–पाकिस्तानी राजदूतबीच दुई पक्षिय छलफल

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ । 

राजदूत हामीलाई परिसंघ सचिवालयमा स्वागत गर्नुहुँदै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको बताए । उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए । 

उनले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने उल्लेख गरे । त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न समेत उनले राजदूतलाई आग्रह गरे ।  

राजदूत हाशमीले नेपाली वस्तुहरु पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने बताए । पाकिस्तानी पर्यटकहरु नेपाल भ्रमण गर्न रुचाउने भन्नुहुँदै उनले २ देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न सुझान 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal