(Thursday , 05 March,2026)

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् ।     
     
सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।      
     
हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको निधन भएको छ । एक जना बेपत्ता छन् । प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरेको छन् ।      
 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal