(Thursday , 05 March,2026)

टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा भट्टराई निर्बाचित

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्बाचित भएका छन् ।

चीनको सिचुवानस्थित अमिसानमा जुलाई ६ र ७ मा आयोजना गरिएको वैठकमा मतदानबाट डा. भट्टराई उपाध्यक्षमा निर्बाचित भएका हुन् । करिब १५० भन्दा बढी प्रतिनिधि बिशेषज्ञहरु सहभागी भएको कार्यक्रमबाट सो एलाइन्सको अध्यक्षमा डा. मु.लाइ  निर्बाचित भएका हुन्। डा. मु. सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्सका अध्यक्ष पनि हुन् ।

त्यसैगरी सो बैठकले विभिन्न पद र सदस्यहरुको पनि निर्बाचन गरि चयन गरेको छ । सो एलाइन्सले समग्र पर्बतिय क्षेत्रको बिकासमा काम गर्दै आएको छ। पर्बतिय क्षेत्रमा बसोबास गर्ने जनताको जिबनस्तर सुधार ल्याउन प्रबिधि विकास, ज्ञान र शिप आदानप्रदान गर्दै आएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal