काठमाडौं । आम्दानीको स्रोत मानिने भन्सार राजस्व संकलनमा निकै कमी आएको छ । गतवर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) मा २९ प्रतिशत घटेको छ । सरकारले चालू आर्थिक वर्ष २०७९÷०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, चालू आर्थिक वर्षको ११ महिनामा भन्सार ३ खर्ब ४४ अर्ब रुपैयाँ मात्र उठेको छ । यो लक्ष्यमा २ खर्ब ४ अर्ब कमी हो ।
गतवर्ष सोही अवधिमा भन्सार राजस्व ४ खर्ब ४६ अर्ब रूपैयाँ उठेको थियो ।
चालू आव र गतवर्षको सोही अवधिको राजस्व संकलनको अवस्था गर्दा यस वर्ष २९ प्रतिशतले कमी देखिएको छ । बैदेशिक मुद्रा सन्चित गर्न ससरकारले १० वस्तुमा लगाएको प्रतिबन्धले चालु आवमा गतवर्षको तुलनामा आयात र राजस्व दुबै घटेको भन्सार विभागमा निर्देशक पुण्य बिक्रम खड्काले जानकारी दिए ।
पछिल्लो समय सरकारले प्रतिबन्ध लगाएका वस्तु खुल्ला गरे पनि आयातमा सुधार नआएको हुँदा भन्सार राजस्व संकलनमा स्वतह असर परेको उनको भनाइ छ । चालू आवमा भन्सार राजस्व संकलनमा कमी हुनको मुख्य कारण आयात आयातमा लगाएको प्रतिबन्ध नै रहेको निर्देशक खड्काले जानकारी दिए ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको सामान आयात भएको छ । गतवर्ष वर्ष सोही अवधिमा १७ खर्ब ६३ अर्ब २२ रुपैयाँको सामान आयात भएको थियो । तुलनामा यसपटक १९ प्रतिशतले आयात कमी आएको छ ।
यसैगरी विभागले अनुगमनबाट थप ५६ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सारमा राजस्व छली गरी सामान भित्र्याउने क्रममा विभागले अनलाइन मार्फत अनुगमन गरी उक्त राजस्व उठाएको छ । चालू आवको साउनदेखि जेठ २७ सम्म विभागले थप अनुगमनबाट ५६ करोठ ६७ लाख ६५ हजार ६५१ रुपैयाँ विभागले जनाएको छ ।
गतवर्ष सोही अवधिमा अनुगमन गरी २३ करोड रुपैयाँ मात्र राजस्व उठाएको थियो । चालू आवको गतवर्षको तुलनामा थप अनुगमनबाट ३३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले अनुलाइन मार्फत अनुगमन प्रक्रियामा कडाइ गरेपछि थप राजस्व संकलन बढेको हो ।
विभागले सबै भन्सार नाकाहरुमा सामान जाँचपास गर्दा अनलाइन लाइभ मनिटरिङमा गर्दै आएको छ । अनलाइन मनिटररिङमा भन्सार नाका सामान जाँचपास नै रोक्ने गरिन्छ । कैफित भएका व्यापारीलाई कारबाही गरी विभागले राजस्व उठाउने गरेको छ ।
विभागकै अनुगमन शाखा निर्देशक रामप्रसाद मैनालीले व्यापारीहरुले भन्सार छली गर्न भन्सारमा जाँचपास गर्दा बिल एउटा र वस्तु अर्काे समेत गर्ने गरेको पाइने उनले बताए । यस्तै धेरै कर तिर्नु पर्ने छ भने कम कर लाग्ने वस्तुको बिल व्यापारीले बनाउने गरेको अनुगममा देखिने गरेको बताए ।
भन्सार राजस्व छली गर्नेबाट महिनामा मात्र १० करोड रुपैयाँ भन्दा बढी राजस्व उठ्ने गरेको बताए । विभागको जम्मिेवारी सम्हाले देखि भन्सार छली रोक्न अनलाइन लाइभ मनिटरिङबाट कडाइका साथ अनुगमन गर्ने गरेको उनको भनाइ छ ।
नाका खाटीका कुनै कर्मचारीबाट गल्ली भएको छ त्यसलाई स्पष्टीकारण समेत सोध्ने गरेको उनले जानकारी दिए । विभागका अनुसार चाल आवमा भन्सार राजस्व लक्ष्य ६ खर्ब ५८ अर्ब रुपैयाँ छ । चालू आवको एक महिना मात्र बाँकी हुँदा लक्ष्यको ५८.३५ प्रतिशत मात्र उठेको छ । विभागको तथ्यांक अनुसार २७ जेठसम्ममा भन्सार राजस्व ३ खर्ब ५१ अर्ब रुपैयाँ उठेको छ ।
भन्सार महसुल कर १ खर्ब ५५ अर्ब ४० लाख उठेको छ भने मुल्य अधिबृद्धि करको शिर्षकमार्फत १ खर्ब ५५ अर्ब ८२ लाख उठेको छ । यस्तै अन्त शुल्क मार्फत २९ करोड १५ लाख रुपैयाँ उठेको छ । यसैगरी भन्सार महसुल, मूल्य अधिबृद्धि कर र अन्त शुल्क गरी चालू आवको जेठ २७ सम्ममा ३ खर्ब ४ अर्ब रुपैयाँ उठेको छ । यस्तै सडक मर्मत तथा सुधार ७ करोड ३ लाख रुपैयाँ र सडक निर्माण तथा सम्भार दस्तुर शिर्षकबाट ३ करोड ७२ अर्ब रुपैयाँ उठेको छ ।
प्रतिक्रिया