(Thursday , 05 March,2026)

नेपाललाई भारतले राँगो दिने कुरा सन् २०१८ हो

संवाददाता

संवाददाता

काठमडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को  भारत भ्रमणका क्रममा भएको  भारत सरकारवाट नेपाललाइ मुर्रा राँगो उपलव्ध गराउने कुरा स्न २०१८ को हो । अहिले प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतले राँगो नश्लका मुर्रा जातका १५ वटा  राँगो दिने अहिले भनेर सन् २०१८ मा नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समुहको बैठकमा भएको निर्णय भएको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले  प्रष्ट पारेको छ । 

मन्त्रालका प्रवक्ता प्रकाश कुमार सन्जेलले यसअघि सन् २०१८ मा नेपालमा नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समुहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारवाट विभिन्न समयमा औपचारिक÷अनौपचारिक तवरवाट भारत सरकारसंग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल उपलव्ध गराउन समझादी भएको जानकारी दिए ।  यो सँगै २०२० जुनमा भारतको लाइ उच्च प्रजनन मान भएका विउ राँगो आपूर्तिका लागि औपचारिक रुपमा प्रस्ताव गरेको नेपालले निर्धारण गरेको प्राविधिक मापदण्ड बमोजिमको १५ वटा उच्च नश्लका मुर्रा जातका पडाहरु उपल्व्ध्ध गराउन भारतीय पक्षबाट प्रतिवद्धता समेत भइरहेको प्रवक्ता सन्जेलले बताए । 

प्रवक्ता सन्जेलले भने, ‘यस पटकको म भारत भ्रमणका क्रममा नेपाललाइ १५ वटा उच्च प्रजनन मानका मुर्रा राँगो उपलव्ध गराइने विषय नेपालस्थित भारतीय राजदूतावासको २०२३ जुन २ मा जारी प्रेस विज्ञप्ती मार्फत सार्वजनिक भइसकेको हो । ’ .यसरी प्राप्त हुने उच्च प्रजनन मानका १५ वटा मुर्रा राँगो नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप निशुल्क निःशुल्क उपलव्ध हुने हो । रयसको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरु छिट्टै भारतस्थित सम्वन्धित सरकारी फार्ममा जाने तयारी समेत भइरहेको उनले जानकारी दिए । 

प्राविधिक पक्ष टुङ्गिए पछि भारतीय पक्षवाट नेपालको भन्सार नाकासम्म उक्त उच्च प्रजनन मानका मुर्रा राँगाहरु उपलव्ध हुने उनको भनाइ छ । 
 यसरी प्राप्त राँगाहरुलाई पशु सेवा विभाग मातहतका राष्ट्रियपशु प्रजनन कार्यालयहरु (पोखरा, नेपालगंज र लाहान) मा व्यवस्थापन गरि उच्च गुणस्तरको जमेको विर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलवद्धगराईने व्यवस्था हुने उनले जानकारी दिए ।  

उच्च प्रजनन मानका १५ वटा राँगाहरुवाट ३ वर्ष पश्च्यात  बार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन भइ कम्तीमा १ लाख भैसीमा कृत्रिम गर्भाधान गराइ नश्ल सुधारमार्फत भैसीको  दूध उत्पादनमा उल्लेख्य वृध्दि हुने अपेक्षा प्रवक्ता सन्जेलले बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal